ट्युनिसियाले पायो पहिलो महिला प्रधानमन्त्री

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १० : ५९


ट्युनिसियाले पहिलो महिला प्रधानमन्त्री पाएको छ। राष्ट्रपति कैस सइदले नाज्ला बउडेनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

‘गणतन्त्र ट्युनिसियाका राष्ट्रपति कैस सइदले नाज्ला बउडेनलाई तत्कालै सरकार गठनका लागि आव्हान गर्नु भएको छ’ राष्ट्रपतिको कार्यलयले एक विज्ञप्तिमा भनेको छ।

सइदले यही २५ जुलाइमा हिचेम मेचिचीको सरकार अपदस्थ गरी संसद बिघटन गरेका थिए। कोरोना महामारीले निम्त्याएको आर्थिक संकटबीच राष्ट्रपतिले तानाशाही कदम चालेका थिए। त्यसपछि उनले विभिन्न आदेश जारी गर्दै शासन सञ्चालन गरेका छन्।

राष्ट्रपतिको कार्यलयले सार्वजनिक गरेको एउटा भिडियोमा सरकार गठनका लागि बउडेनले राष्ट्रपतिसँग छलफल गरेको देखिन्छ। उनले सरकारको नेतृत्व महिलाले गर्नुपर्ने बताउँदै आएका छन्। नयाँ सरकारले भ्रष्टाचार निर्मूल र विभिन्न संस्थाहरुमा देखिएको उथलपुथल अन्त्य गर्नुपर्ने बताएका छन्।

प्रजातान्त्रिक संक्रमणकालको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेको छ। तर, प्रायः ट्युनिसियालीले आफ्नो जीवनस्तरमा खासै सकरात्मक परिवर्तन अनुभूति गर्न सकेका छनैन्। भ्रष्ट राजनीतिक संरचनाका कारण कतिपय नागरिकमा वितृष्णा पैदा भएको छ। अल्जाजिरा


प्रतिक्रिया दिनुहोस्