चितुवाको छालासहित दुई जना पक्राउ

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ९ : ५५


गुल्मी । गुल्मीमा चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

छत्रकोट गाउँपालिका-३ को लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयका अनुसार चितुवाको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले छत्रकोट गापालिका २ भेडुवाका २७ वर्षीय सुमन खनाल र सोही ठाउँका ३१ वर्षीय हरिबहादुर सार्कीलाई चितुवाको छालासहित पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी वन डिभिजन बन कार्यालय बुझाइने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्