सर्पको टोकाइबाट बालकको मृत्यु

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ९ : ४६


बैतडी । बैतडीमा सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ चौडलीका १२ वर्षीय सुरजराम सार्कीको सर्पको टोकाइबाट ज्यान गएको स्थानीय नारायणराम सार्कीले बताए।

घरभित्र सुतिरहेका बेला सुरजलाई मंगलबार राति साढे ११ बजे सर्पले टोकेर ज्यान गएको कार्कीले जानकारी दिए। सुरज कैलपाल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए।


प्रतिक्रिया दिनुहोस्