एकिकृत समाजवादीका अध्यक्ष नेपाल बिरामी, अस्पताल भर्ना

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ८ : ५१


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भई अस्पताल भर्ना भएका छन्।

नेता नेपालको निजी सचिवालयका अनुसार उनलाई ज्वरो र खोकीको समस्या देखिएपछि आज त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।

उनको स्वास्थ्य सामान्य रहेको र केही दिनको आरामसहित उपचार गर्नुपर्ने चिकित्सकको सल्लाह रहेको बताइएको छ।

उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा.सन्तकुमार दाससहितको टोली संलग्न छ।

स्वास्थ्य संवेदनशीलताका कारण नेता नेपालसँगको भेटघाट बन्द गरिएको पनि सचिवालयले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्