एक बोतल कोक नि:शुल्क बाँड्दै सुरु भयो कोकाकोलाको ‘धन्यवाद’ अभियान

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ८ : १४


काठमाडौं। कोका–कोलाले नेपालीहरुको महान् चाँड दसैँलाई केन्द्रीत गरी कोकका बोतलहरुमा ‘धन्यवाद’ शब्द लेबल गरी उपभोक्तामाझ पठाउने भएको छ।

नयाँ सार्वजनिक गरिएका बोतलमा ‘सधैँ आशा जगाएकोमा धन्यवाद, सधैँ हौसला दिएकोमा धन्यवाद’ लगायतका सन्देश दिइएको छ।

कोकाकोलाले बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको दसैँलाई लक्षित गरी ‘धन्यवाद’ लेखिएको कोक बजारमा ल्याइएको जानकारी दिएको हो।

यसको मुख्य आशय कोभिड-१९ को महामारीको कठिन समयमा व्यक्तिसँग सहयात्रीका रुपमा रहेका साथीहरु, परिवार र फ्रन्टलाइनरहरुलाई कोकको बोटलमार्फत् धन्यवाद व्यक्त गर्नु रहेको बताइएको छ। कार्यक्रममा सहभागीहरुलाई कोकका बोतल निःशुल्क बाँडिएको थियो।

सोही कार्यक्रम मार्फत अभिनेत्री स्वस्तिमा खड्कालाई कोका–कोलाको नयाँ ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरिएको छ।

कार्यक्रममा कोका–कोलाको दशैं टिभिसी पनि प्रस्तुत गरिएको थियो। सो नयाँ टिभिसीमा गायक सुशान्त केसीको “धन्यवाद” शीर्षकको एउटा हृदयस्पर्शी गीत पनि रहेको छ।

विगत ५ बर्षदेखि कोका–कोलाले ग्लोबल “सेयर ए कोक” अभियान अन्तर्गत इनोभेटिभ विषयवस्तुहरु प्रस्तुत गर्दै आएको जनाएको छ।

जसलाई “मन खोलौं कोकसँग” को रुपमा स्थानीयकरण गरिएको थियो। यो अभियान सम्बन्धहरुलाई नजिक ल्याउनमा केन्द्रित रहेको कोकाकोलाको दाबी छ।

यस वर्ष भने कोकले व्यक्तिगत रुपमा कृतज्ञा प्रकट गर्न एक कदम अगाडी बढाएको हो।

कोकाकोलाले सहयात्री बनेका व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्न आमा, बुबा, दाई, भाई, दिदी, बहिनी, साथी र सेवाकर्मीहरुका लागि भनि ८ वटा नयाँ लेबल प्रस्तुत गरेको कोकाकोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले बताए ।

दशैं लक्षित आजको कार्यक्रममा कोका–कोलाले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर खट्ने विभिन्न क्षेत्रका ८ जना व्यक्तित्वहरुलाई कृतज्ञा प्रकट गरीे सम्मान पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस्