ताइवानका रक्षामन्त्रीले भनेः चीनले आक्रमण गर्नसक्छ, क्षेप्यास्त्रहरु तयार राख्नुपर्छ

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : १४


ताइवानका रक्षामन्त्री चिउ कुओ–चेङले चीनको आक्रामकताविरुद्ध ताइवान हरेक समय तयार हुनुपर्ने बताएका छन्।

उनका अनुसार चीनले ताइवानमा आक्रमण गर्ने प्रविधि र प्रणाली तिव्र रुपमा विकास गरिरहेकाले ताइवानले लामो दुरीमा मार हान्नसक्ने क्षेप्यास्त्र तथा अन्य हतियार तयारी अवस्थामा राख्नुपर्छ।

केही समय अगाडि मात्र ताइवानले पाँच वर्षको अवधिमा अमेरिकाबाट ९ अर्ब अमेरिकी डलरको हतियार खरिद गर्ने प्रस्ताव गरेको छ। यसमा क्षेप्यास्त्र लगायत अन्य हतियार प्राप्त गर्ने भनिएको छ।

प्रस्तावमा समुद्री सिमानामा चीनबाट गम्भीर खतरा बढेको उल्लेख गरिएको छ। उनले सोमबार अमेरिकाबाट प्राप्त हुने हतियार लामो दुरीसम्म प्रयोग गर्न मिल्ने, सटीक र बोक्न मिल्ने हुने बताएका छन्। यस्ता हतियारले ताइवानका सेनालाई चाँडै तयार हुन मद्दत पुग्ने बताइएको छ।

TAIWAN-POLITICS-CRIME : News Photo

पछिल्ला दिनहरुमा चीनले ताइवान कब्जा गर्ने ढाँचाका युद्ध अभ्यासहरु गरिरहेका छन्। चीनका युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा बिना अनुमति घुस्ने गरेका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान चीनको हिस्सा भएको र ताइवान चीनबाट अलग्याउन कसैले नसक्ने बताउने गर्दछन्। उनले ताइवान अलग्याउन चाहने शक्तिबाट खतरा भएको बताउँदै आफ्ना सेनालाई हरेक समय युद्धको लागि तयार हुन भनेका छन्।

ताइवानले भने आफू चीनको हिस्सा नभएको बताउँछ। झनै ताइवानले अमेरिकाबाट हतियार खरिद गरेर आफूविरुद्ध तैनाथ गर्ने भनेपछि चीन थप रुष्ट छ। एससीएमपीको सहयोगमा

यो पनिः चीनको सम्भावित आक्रमणविरुद्ध तयार हुन ताइवानको पाँच दिने युद्ध अभ्यास

– ताइवानका सेनाले युद्ध अभ्यास गर्न लागेको ठाउँमै चिनियाँ लडाकु विमानहरु पुगेपछि…


प्रतिक्रिया दिनुहोस्