११५७ कोरोना संक्रमित थपिए, १११३ जना संक्रमणमुक्त

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ५ : २०


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार एक ५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार १४ हजार पाँच सय ४१ नमुना परीक्षण गर्दा एक हजार एक सय ५७ जनामा संक्रमण पुष्टि भएको हो।

बुधबार थपिएसँगै देशभर सक्रिय संक्रमित १८ हजार एक सय ९३ जना छन्। पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला १९ छन्।

पछिल्लो २४ घण्टामा एक हजार एक सय १३ जना संक्रमणाुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ६४ हजार आठ सय ४७ छ।

नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ।

यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा आठजनाको ज्यान गएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार एक सय २३ जनाको निधन भइसकेको छ।

हाल देशभर तीन सय ५४ जना सघन उपचार कक्ष ९आईसीयू०, ९९ जना भेन्टिलेटर, १६ हजार आठ सय ७८ जना होम आइसोलेसन, एक हजार तीन सय १५ जना संस्थागत आइसोलेसन र दुई सय ४४ जना क्वारेन्टिनमा छन्।


प्रतिक्रिया दिनुहोस्