बेलायती सेनाको शक्तिशाली राईफल जसले हेलिकप्टर खसाउँछ, बुलेटफ्रुफ गाडी छेड्छ!

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ४ : २१


बेलायती विशेष नौसेना एसएएसलाई शक्तिशाली राईफल प्रदान गरिएको छ। यो गेपार्ड एन्टी–मेटेरियल राईफल जीएम६लाई हेलिकप्टरविरुद्धको हतियारको रुपमा हेरिएको छ।

बेलायती सेनाका अनुसार यो बन्दुकको एक गोलीले हेलिकप्टर खसाउनसक्छ भने यसले बुलेटप्रुफ गाडीलाई पनि छेड्नसक्छ।

९ हजार पाउन्ड पर्ने यो हतियार हंगेरीमा बनाइएको हो। डेली मेलका अनुसार बेलायतका तीन क्षेत्रका सेनालाई यस्ता १५० राईफल बाँडिएको छ।

यसलाई हालसम्मकै शक्तिशाली बन्दुक भनिएको छ। यसको तौल साढे ११ किलोको छ। यसले २ किलोमिटरसम्म मार हान्नसक्छ।

SAS armed with rifle capable of blasting helicopters out of sky | UK | News - Around World journal


प्रतिक्रिया दिनुहोस्