नर्भिकले मुटुको जाँचमा १० प्रतिशत छुट दिने

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : ५६


काठमाडौं । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरूमा छुटको अफर गरेको छ।

अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरूमा १० प्रतिशत छुटको घोषणा गरेको हो।

यो अफरअन्तर्गत कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन्।

यो अफर आजदेखि लागू भई २ अक्टूबरसम्म जारी रहने अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्