नेप्से ५० अंकले बढ्यो, सबै उपसमूहमा हरियाली

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : ४७


काठमाडौं । विगत केहि दिनदेखि लगातार घट्दै आइरहेको नेप्सेमा आज ५० अंकको वृद्धि देखिएको छ।

नेप्से परिसुचक आज ५०.५८ अंक अर्थात १.९३ प्रतिशतले बढेर २६६५.९५ को बिन्दुमा बजार बन्द भएको छ।

विगत तीन दिनको कारोबारमा २०४ अंक गुमाएको नेप्सेमा आज भने ५० अंकको वृद्धि देखिएको हो।

बजार ओरालो लागेर सबै कम्पनीहरुको शेयरमूल्य सस्तो भएसँगै लगानीकर्ताहरु शेयर खरिद गर्नतर्फ लाग्दा यस दिन बजारले सकारात्मक गति समाएको हो। आज नेप्सेमा ५ अर्ब २ करोड ८५ लाख ५५ हजारको कारोबार भयो।

लगातार घट्दै आइरहेको नेप्सेमा आजको बढाईले लगानीकर्ताको मनोबल बढाउन केही मद्दत पुगेको छ।

आज नेप्सेका सबै उपसमूहमा हरियाली छ। १३ वटै उपसमूह बढ्दा वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.८७ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको ४.२२ प्रतिशत बढेको छ।

यी हुन आज धेरै कुमाउने १० कम्पनी र गुमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्