तालिबानले विश्वविद्यालयमा पनि महिलालाई प्रतिबन्ध लगायो

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : ३६


काबुल । तालिवानले महिलालाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको छ।

उसले विश्वविद्यालयमा काम गर्ने महिला कर्मचारीलाई पनि घरमै बस्न भनेको छ।

‘इस्लामिक वातावरण कायम नहुन्जेल’ भन्दै तालिवानले विश्वविद्यालयका महिलालाई प्रतिबन्ध लगाएको हो। तालिवानल नियुक्त गरेको विश्वविद्यालयका चान्सलर मोहम्मद असरफ गैरातले यस्तो घोषणा गरेका हुन्।

‘स्लामिक वातावरण नबनुन्जेल महिलालाई विश्वविद्यालयमा अनुमति दिइने छैन्,’ गैरातले ट्विट गर्दै भनेका छन्।

काबुल विश्वविद्यालयमा मात्र झन्डै नौ हजार चार सय ६० महिला अध्ययन गर्छन्। यो कूल विद्यार्थी संख्याको ४३ प्रतिशत हो।

तालिवानको प्रतिबन्धपछि अफगान महिला थप चिन्तित छन्।


प्रतिक्रिया दिनुहोस्