मेस्सीले पीएसजीमा तोडे गोलको खडेरी, यस्तो उत्कृष्ट गोल हाने (भिडिओ)

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : ३६


च्याम्पियन्स लिगको मंगलबार राति सम्पन्न खेलमा पीएसजीले बलियो टोली म्यानचेस्टर सिटीलाई २–० ले पराजित गर्‍यो। सो खेलमा मेस्सीले एक उत्कृष्ट गोल गरे।

यससँगै नयाँ सिजनमा मेस्सीले गोलको खडेरी तोडेका छन्। पीएसजीको लागि पाँचौ खेल खेल्दा च्याम्पियन्स लिगजस्तो महत्वपूर्ण खेलमा मेस्सीले गोल गरेका हुन्।

एमबाप्पेको उत्कृष्ट पासमा मेस्सीले खेलको ७४ औं मिनेटमा गोल गरेका थिए। यसअघि खेलको आठौं मिनेटमा इद्रिसा गुइएले पहिलो गोल गरेका थिए।

(भिडिओ)

यो खेलमा एमबाप्पेको प्रदर्शन सम्झना लायक रह्यो। उनी स्ट्राइकका लागि पनि पुग्थे भने उनले कयौं गोल डिफेन्स लाइनमा ब्लक गरेका थिए।

(पुरा हाईलाइट्स)


प्रतिक्रिया दिनुहोस्