मान्छेलाई किन हुन्छ हृदयघात? लक्षण र रोकथाम के हो?

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : २३


-डा.शिवजी सिलवाल

मुटुरोग रोकथाम र नियन्त्रण गर्नसकिने भए पनि यो विश्वव्यापी रूपमा पुरुष तथा महिला दुवैको मृत्युको प्रमुख कारक हो। हरेक देशको स्वास्थ्य सेवासुविधा, जनताको जीवनशैली र देशको आर्थिकस्तर फरक फरक हुने हुँदा मृत्युको कारक पनि फरक फरक हुने गर्छ।

संसारभरि नै मुटुरोग सबैभन्दा ठूलो ज्यानमारा रोग बनेको छ। मुटुरोगपछि मस्तिष्क घात, श्वास(प्रश्वासको संक्रमण, झाडापखाला, एचआईभी एड्स, सवारीसाधन दुर्घटना र समयअगावै जन्मिनु अन्य मृत्युका कारण हुन्। संसारको ६ दशमलव ४ विलियन जनसंख्यामध्ये हरेक वर्ष करिब ५६ मिलियन जनसंख्या मर्ने गरेका छन्।

हृदयाघात एक जटिल किसिमको आकस्मिक अवस्था हो, जसमा मुटुका रक्तनली अर्थात् धमनीहरू र मुट्मै सामान्यत रगत जम्ने कारण रक्त सञ्चार बन्द भई सृजना हुने गर्दछ। मुटुमा आवश्यक रगतको आपूर्ति बन्द हुँदा मुटुका रक्त कोषिकाहरूको क्षति हुने वा तिनीहरू मर्ने कारण मानिसको अचानक मृत्यु हुने जोखिम आइपर्न सक्छ। हृदयाघातका लक्षणमा छाती दुख्ने, छाती गहु्रँगो हुने र दुखाई सर्दै छातीबाट सर्दै गएर बंगारा, गर्धन, पाखुरा र पिठ्ँयूतिर जाने, स्वास्वा हुने, कमजोरी अथवा रिंगटा लागेको महसुस हुने र अत्यधिक मात्रामा बेचैनी हुने आदि पर्दछन्।

वस्तवमा यदि कसैलाई दोस्रो पटक हृदयाघात भएको छ भने पहिलो हृदयाघातका जस्तै लक्षण देखा नपर्न सक्छन्। केही मानिसमा कुनै पनि लक्षण नै नदेखिन पनि सक्छ । यसलाई सुषुप्त हृदयाघात भनिन्छ। हृदयाघातको उपचार यसको प्रकृति र गम्भीरतामा निर्भर रहन्छ। हृदयाघातका प्रचलित उपचारमा रगत पातलो पार्ने अर्थात् जमेको रगतलाई पगाल्ने औषधिको प्रयोग (जसलाई थ्रम्बोलाइसिस भनिन्छ), कारडियाक इन्टरभेन्सन् अर्थात् कोरोनरी एन्जियोप्लास्टी र मुटुको शल्यक्रिया जस्ता प्रक्रिया पर्छन्।

एन्जियोग्राफीपछि मुटुको ओपन हार्ट सर्जरी जस्ता प्रक्रिया पनि अपनाइन्छन्। यी प्रक्रियामध्ये मुटुका धमनीमा रोकावटका कारण रक्त प्रवाह बन्द भई हुने हृदयाघातको उपचारमा सबैभन्दा प्रचलित प्रक्रिया एन्जियोप्लास्टी नै हो। उपचारको मुख्य उद्देश्य भन्नु नै बिरामीलाई अकस्मात मृत्युबाट बचाउनु र भविष्यमा आइपर्न सक्ने मुटुरोगसम्बन्धी कुनै पनि जोखिमबाट बचाउनु हो। यो प्रक्रिया अपनाउँदा तिघ्राको कापमा वा दाहिने अथवा देब्रे हातमा एउटा सानो प्वाल पारिन्छ। बिरामीको पीडा वा दुखाई कम गर्न प्वाल पारिने स्थानमा लठ्याउने औषधि दिइन्छ।

क्याथेटर भनिने एउटा सानो ट्युब बिरामीको मुटुको धमनीसम्म पठाइन्छ । मुटुको एक्स(रे लिँदै त्यो क्याथेटरलाई बन्द भएको वा साँघुरिएको धमनीसम्म पुर्‍याइन्छ। बन्द भएको धमनीको भाग पत्ता लगाइसकेपछि क्याथेटरको टुप्पोमा रहेको बेलुनलाई फुलाइन्छ र बन्द भएको वा साँघुरिएको धमनीलाई खोलिन्छ। यसरी बन्द भएको भाग खोलेपछि मुटुमा रक्तप्रवाह पुनः स्थापित गराइन्छ। धमनीको बन्द भएको वा साँघुरिएको भाग पुनः बन्द नहोस् भन्न त्यहाँ एउटा स्टेन्ट जडान अर्थात् प्रत्यारोपण गरिन्छ।

स्टेन्ट हालसम्म जम्मा तीन किसिमका छन्। ती हुन्:औषधिरहित धातुको स्टेन्ट (जुन सबैभन्दा सस्तो हुन्छ)। अर्को स्टेन्टमा औषधि लेपन गरिएको स्टेन्ट जुन केही महँगो हुन्छ र तेस्रो किसिमको स्टेन्टमा अत्याधुनिक मांसपेशीमै विलय हुने स्टेन्ट पर्दछन्। तेस्रो किसिमको स्टेन्टले जडान गरिएको धमनीमा औषधिका माध्यमबाट यथेष्ट रक्तप्रवाह गराइसकेपछि र धमनीको चोट ठीक भइसकेपछि धमनीको त्यही भागमा विलय भएर जान्छ।

अनुसन्धानकर्ताहरूले के विश्वास गरेका छन् भने यस्तो किसिमको स्टेन्ट धमनीमा जडान गरिसकेपछि त्यस स्थानको रोकावट वा अवरोध खोल्न धातुको स्टेन्ट राखिरहनु पर्दैन। रक्तनलीहरूमा धातुको स्टेन्ट जडान गरेर छोड्नुपर्ने अवस्थाबाट यस खाले स्टेन्टले बिरामीलाई राहत दिन सक्छ । रक्तनलीहरू आफ्नो पुरानै अवस्थामा फर्किने सम्भावना रहन्छ र भविष्यमा आइपर्न सक्ने त्यस खाले प्रक्रियाबाट समेत बिरामीलाई जोगाउँदछ। स्टेन्ट जडान गरिसकेपछि क्याथेटलाई झिकिन्छ र सामान्यत यो प्रक्रिया पूरा हुन २० देखि ४५ मिनेटको समय लाग्दछ। तर कहिलेकाहीँ प्राविधिक रूपले जटिल अवस्थाको सृजना भई धेरै समय लाग्ने गर्दछ।

९६ प्रतिशतभन्दा बढी एन्जियोप्लास्टी प्रक्रिया तत्कालै सफल हुन्छन् । रोकावट भएको धमनीबाट रक्त प्रवाह सुरु भएपछि बिरामीले तत्कालै राहत पाउने, सामान्य अवस्थामा फर्कने र निजीको छाती दुखाई ९एन्जाइना० कम हुने हुन्छ। तर जटिल प्रकृतिका धमनीका रोग भएका बिरामी भने पूर्णतया ठीक नहुन पनि सक्छन् । तर पनि तिनको रोगको लक्षण भने कम हुँदै जाने हुन्छ र तिनहरूलाई सक्रिय र सहज जीवन जीउन सजिलो पर्छ। मुटुको शल्यक्रिया गरेको अवस्थामा भन्दा एन्जियोप्लास्टी गर्दाको अवस्थामा बिरामी चाँडै निको हुन्छन् । धेरैजसो बिरामी एन्जियोप्लास्टी गरेको दिन घर फर्कन सक्छन् भने केही बिरामी एन्जियोप्लास्टी गरेको दोस्रो बिहान फर्कन्छन्।

हाम्रो जस्तो गरिबीको रेखामुनि रहेको देशमा जहाँ मेडिकल इन्स्युरेन्स लागू गरेको छैन, यहाँका जनताका लागि एन्जियोप्लास्टी प्रक्रिया निकै नै महँगो सावित हुन्छ। त्यो नकारात्मक पक्ष हो। अर्कोतर्फ जुन बिरामीमा धेरै धमनी साँघुरिएका वा बन्द भएका हुन्छन् त्यसखाले समस्यामा पनि एन्जियोप्लास्टी प्रक्रिया फलदायी नहुन सक्छ। त्यसरी नै खोलिएको धमनी एन्जियोप्लास्टीपछि पनि पुनः बन्द हुने वा साँघुरिने सम्भावना रहन्छ। त्यसपछि यहाँलाई धमनी पुनः साँघुरिएको भन्न सकिन्छ। यदि धमनी पुनः साँघुरिएको वा बन्द भएमा बिरामीलाई पुनः छाती दुख्ने हुन्छ र फेरि हृदयाघात हुन पनि सक्छ। पुनः बन्द भएको धमनीलाई दोस्रो एन्जियोप्लास्टी वा कहिलेकाहीँ मुटुको बाइपास शल्यक्रिया वा औषधि उपचारबाट कम गर्न सक्छ।

यदि तपाईं आफै बिरामी हुनुहुन्छ भने एन्जियोप्लास्टी गरिसकेपछि पनि आफ्नो जीवनशैलीमा सुधार ल्याएर आहार–व्यवहारमा नियन्त्रण गरेर वा शारीरिक क्रियाकलाप बढाएर आफूलाई स्वस्थ र स्फूर्त राख्न वाञ्छनीय हुन्छ। एन्जियोप्लास्टी गरिसकेपछि पनि तपाईले नियमित रूपमा चिकित्सकको सम्पर्कमा रहने र सल्लाहअनुसार कोपिडग्रेल र एस्पिरिन जस्ता औषधि चिकित्सकको अनुमतिबिना छाड्नु हुँदैन। त्यसका साथसाथै तपाईंले धू्रमपान त्याग्ने, चिनीको रोग भए नियन्त्रणमा राख्ने, रक्तचाप भए नियमित परीक्षण गर्ने र आफ्नो शारीरिक तौल बढ्न नदिने गर्नुपर्छ।

साथै, बासोयुक्त खाना र कोलेस्टेरोल बढ्ने खाना पूर्णतया बन्द गर्नुपर्छ। तपाईं मांशहारी हुनुहुन्छ भने रातो मासु नखाने, चिल्लोयुक्त दुग्ध पदार्थ (चिज, घ्यू) नखाने र बजारमा पाइने तयारी खाना बन्द गर्नुपर्ने हुन्छ। त्यसको बदलामा दैनिक रूपमा ताजा साजसब्जी र फलफूलमा वृद्धि गर्ने र यदि तपाईं मद्यपान गर्नुहुन्छ भने हार्ड ड्रिंकको सट्टा निश्चित मात्रामा रेड वाइन जस्ता पेय पदार्थ लिने बानी बसाल्नुपर्छ।

भविष्यमा आफूलाई तन्दुरुस्त राख्न आजैबाट तपाईंले नियमित रूपमा व्यायाम गर्ने बानी बसाल्दै व्यायामले आफूलाई पु¥याउने फाइदाबारे सचेत रहनुपर्छ । शारीरिक व्यायामले तपाईको मुटुलाई रक्षा गर्नुसाथै शरीरको शक्ति सन्तुलन र मानसिक शान्तिका लागि सकारात्मक भूमिका खेल्छ । दैनिक हिंड्नु व्यायामको एक सजिलो उपाय हो । यदि तपाई ठूल्ठूला भवनमा माथि चढ्दा लिफ्टको प्रयोग गर्नुहुन्छ भने त्यसलाई छाडेर भ¥याङबाटै माथि चढ्ने, कतै जाँदा बस अथवा कारमा सफर गर्नुभन्दा हिँडेर जाने बानी गर्नु उपयुक्त हुन्छ।

हृदयाघात भएका बेला त्यसका लक्षण करिब ३० मिनेट वा बढी समयसम्मका लागि रहन सक्छ। जेसुकै भए पनि यदि हृदयाघात भएको शंका भएमा तपाईंले तत्कालै हृदयरोग उपचार केन्द्रमा सम्पर्क गर्नुपर्छ। साथै, त्यस अवस्थामा एक ट्याब्लेट एस्पिरिन ९३०० मि.ग्रा बिरामीलाई तत्कालै खुवाइदिनुपर्छ। तत्कालै गरिएको उपचार बिरामीको मुटुमा धेरै हानि हुनुबाट जोगाउने एक उपयुक्त तरिका हुनसक्छ।

(मुटुरोग विशेषज्ञ सिलवाल नर्भिक अस्पतालमा कार्यरत छन्)


प्रतिक्रिया दिनुहोस्