इक्वेडरको एक जेलमा हिंस्रक झडप हुँदा ३५ जनाको मृत्यु भएको छ।
सो झडपमा हालसम्म ५० घाइते भएको डेलीस्टारले जनाएको छ।
यो घटनामा ८ जनाको शिर काटिएको अवस्थामा शव फेला परेको बताइएको छ।
अधिकारीहरुका अनुसार जेल भित्रै कैदीहरुसँग हतियार र विस्फोटक पदार्थ थियो।
यी कैदीहरु र मेक्सिकोका लागूपदार्थ तस्करहरुबीच सम्बन्ध भएको आशंका गरिएको छ। यसअघि सोही जेलमा ड्रोन बम हमला भएको पनि समाचार आएको थियो।