‘परफेक्ट फुड्सको स्नोडेन्ट चुइंगम’मा सन्दीप लामिछाने आवद्द

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  २ : २६


काठमाडौं । परफेक्ट फुड्स प्रालीले आफ्नो उत्पादन स्नोडेन्ट चुइंगमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ ।

नेपालमै क्रिकेट प्रेमिहरुको लोकप्रिय खेलाडीको रुपमा रहेका सन्दिपले स्नोडेन्ट चुइंगमको विज्ञापन प्रचार प्रसारमा सहयोग गर्ने कम्पनीले जनाएको छ । स्नोडेन्ट चुइंगम रिफ्रेसिंग मिन्टले भरिएको गम हो । यसले मुखलाई रिफ्रेसिंग बनाई सासलाई ताजा बनाउँछ ।

मिन्ट तथा मौसमी फ्लेवरमा भएको स्नोडेन्ट चुइंगम परफेक्ट फुड्स को लोकप्रिय ब्राण्ड हो । परफेक्ट फुड्सका ब्लास्ट, सेन्टर फिल्ज,स्नोडेन्ट, क्यान्डी बी क्याण्डी र चुइंगमहरु बजारमा सर्वत्र उपलब्ध छन् । अति उत्कृष्ट मेशिन तथा स्वस्थकर वातावरणमा उत्पादन हुने यि वाण्डहरु बजारमा स्थापित भईसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्