मदिरा सेवनगरी अर्घाखाँचीमा श्रीमानद्धारा श्रीमतिको हत्या

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  २ : २४


अर्घाखाँचीमा श्रीमानले श्रीमतिको हत्या गरेका छन्।

सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका ३० वर्षीय विष्णु विकले आफ्नी २९ वर्षीया श्रीमती सिता विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता गणेश खनालले बताए।

मंगलबार साँझ मदिरा सेवन गरी लठ्ठीले हिर्काएर श्रीमतिको हत्या गरेको सूचना अधिकारी खनालले बताए।

विष्णु विकलाई नियन्त्रमा लिई आवश्यक अनुन्धान भई रहेको प्रहरीले जनाएको छ।

सिताको शवलाई पोष्टमार्टनका लागि जिल्ला अस्पतालमा पठाइएको छ।


प्रतिक्रिया दिनुहोस्