न्युयोर्क टाइम्समा ‘पृथ्वीको अन्तिम आशा भारतका मोदी’ शीर्षकमा समाचार छापिएको हो?

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १२ : ५२


भारतीय सामाजिक संजालमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीबारे हालै एउटा भ्रामक खबर फैलिएको पाइएको छ।

अमेरिकी अखबार न्युयोर्क टाइम्सले पहिलो पृष्ठमा ‘पृथ्वीको अन्तिम आशा भारतका मोदी’ शीर्षकमा समाचार छापेको भन्दै हल्ला फैलिएको हो।

न्युयोर्क टाइम्सले ट्विटरमा मोदीबारे सो शीर्षकमा समाचार नछापिएको जनाएको छ। टाइम्सले सामाजिक सन्जालमा फैलिएको दिन मोदीबारे पहिलो पृष्ठमा समाचार प्रकाशित नभएको र त्यो पूर्णतया भ्रामक विषय हो भनेको छ।

मोदीको तस्बिर आफ्नो पहिलो पृष्ठमा छापिएको फोटो भाइरल भएपछि जवाफमा टाइम्सले गलत काम भएको प्रतिक्रिया दिएको हो।

Image


प्रतिक्रिया दिनुहोस्