जण्डिसको उपचार गर्न वर्षमान पुन बैंकक प्रस्थान

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ७ : ५२


काठमाडौं । माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । आज बिहान उपचारका लागि उनी हिमालय एयरलाइन्सको जहाजबाट बैंकक प्रस्थान गरेका हुन् ।

लामो समयदेखि जण्डिसजन्य रोगबाट पीडित भएका उनी चार वर्षअघि बैंकककै समितिभेज अस्पतालमा उपचार गरेका थिए । तर, अहिले फेरि स्वास्थ्यमा समस्या देखिएपछि पुन उपचारका लागि बैंकक गएका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनको सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्