मेस्सीको गोल, सिटीमाथि पिएसजीको जित

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : ५६


काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी)सँग अनुबन्ध भएपछि पहिलो पटक गोल गरेका छन् ।

युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’को दोस्रो चरको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २–० गोल अन्तरले पराजित गर्दा मेस्सीको पिएसजीका लागि पहिलो गोल हो ।

घरेलु मैदान पार्क डे प्रीन्सेसमा यो मेस्सीको पहिलो गोल हो । पिएसजीको जितमा मेस्सी र इड्रीशा गुयेले १/१ गोल गरे ।

प्रतिस्पर्धात्मक खेलमा इड्रिशाले खेलको आठौं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता बनाए । दोस्रो हाफको ७४ मिनेटमा मेस्सीले दोस्रो अग्रता बनाए । खेलको ७४ मिनेटमा केलियन एम्बाप्पेको पासमा मेस्सीले गोल गरे । बार्सिलोनाबाट पिएसजी आएपछि मेस्सीले चौथो खेलमा गोल गरेका हुन् ।

जितसँगै पिएसजी समूह ‘ए’ को शीर्ष स्थानमा छ । पिएसजी २ खेलबाट ४ अंक छ । पराजित सिटीको भने २ खेलबाट ३ अंक छ ।


प्रतिक्रिया दिनुहोस्