काठमाडौं। काठमाडौंको कपन क्षेत्रबाट हराएका बालक भारतमा सकुशल भेटिएका छन।
कपनबाट सोमबार दिउँसो अपहरणमा परेका एकजना बालकलाई भारतको बिहार क्षेत्रबाट उद्धार गरिएको छ।
सोमबार दिउँसो साढे ४ बजे अपहरणमा परेका कपनका ४ वर्षीय पियुष शर्माको नेपाल प्रहरीले भारतस्थित बिहार राज्यबाट मंगलबार साँझ सकुशल उद्धार गर्न सफल भएको हो।
उनलाई त्यहाँ किन लगियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।