भारतीय गाडीको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १० : ०५


अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारी चोकमा भारतीय आरजे ०२ जिबि १०१७ नम्बर प्लेटको गाडीले प्रदेश ३–०२–००८ प २५०१ नंको मोटरसाइकललाई ठक्कर दिँदा आज मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका–३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकृत दीपक गिरीले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार मध्यपुरथिमि नगरपालिका–३ कौशलटार बस्ने २८ वर्षीय अमृत सिलवालको भक्तपुर अस्पतालमा उपचारपछि घर आजै घर फर्किएको उनले जानकारी दिए।

नगरकोट व्यासी सडक हुँदै सल्लाघारी चोकबाट थिमितर्फ जान लागेको मोटरसाइकललाई सूर्यविनायकबाट राधेराधेतर्फ तीव्र गतिमा आएको भारतीय नम्बर प्लेटको १८ चक्के टेलर गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीको भनाइ छ।

अनुसन्धानका क्रममा तीव्र गति र पानी परिरहेका कारण बाटो चिप्लो भएर दुर्घटना भएको प्रारम्भिक जानकारीमा आएको बताउँदै उनले दुर्घटनामा परेको मोटरसाइकल, टेलर र चालक भारत राजस्थान प्रदेश अलबर जिल्लाका ५० वर्षीय महादेव शर्मालाई महानगरीय प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए। रासस

-फाइल फोटो


प्रतिक्रिया दिनुहोस्