रोहितले गोल गरे पनि पर्सिजा बराबरीमा रोकियो

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १० : ०१


नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले गोल गरे पनि पर्सिजा जाकर्ता बराबरीमा रोकिएको छ ।

मंगलबार राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सिता ताङ्गेराङसग १/१ को बराबर खेल्दै अंक बाढ्न बाध्य भएको हो।

सिजनको लागि पहिलो गोल गरेका रोहितले मार्को मोटाको पासमा ३० औं मिनेटमा अग्रता बनाएका थिए । तर, ४२ मिनेटमा इर्श्याद मौलानाले गोल गर्दै पर्सितालाई बराबरीको स्थितिमा ल्याएका थिए।

बराबरीसँगै पर्सिजाले ५ खेलबाट ७ अंक बनाएको छ। इटालीयन प्रशिक्षक एन्जेलो एलेसिलोको आगमनपछि पर्सिजाले १ खेलमा मात्रै जित निकालेको छ। अपराजित पर्सिजाले ४ खेल बराबरी खेलेको छ।

यो खेलसँगै अब रोहित राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुनेछन्। यतिबेला रोहित सम्मिलित नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्सको मालेमा रहेको छ।

नेपालले माल्दिभ्समा ५ देश सम्मिलित साफ च्याच्याम्पियनसिप प्रतियोगिता खेल्नेछ।


प्रतिक्रिया दिनुहोस्