नेपाल मामिला हेर्ने भारतीय विदेशमन्त्रालयका उच्च अधिकारी काठमाडौंमा

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : ४७


काठमाडौं । भारतीय विदेश मन्त्रालय अन्तर्गत नेपाल र भुटान हेर्ने उत्तरी विभागका प्रमुख अनुराग श्रीवास्तव काठमाडौं आइपुगेका छन्।

तीन दिने भ्रमणका लागि उनी मंगलबार काठमाडौं आएका हुन्।

न्यूयोर्कमा परराष्ट्र मन्त्री डा.नारायण खड्का र भारतीय विदेश मन्त्री एस. जयशंकरबीच भेट भएसँगै ती अधिकारी नेपाल आएका हुन्।

उनले यहाँ महत्वपूर्ण भेटघाट गर्ने बताइएको छ। श्रीवास्तवले नेपालमा रहँदा विभिन्न औपचारिक कार्यक्रममा भाग लिने लैनचौरस्थित भारतीय दूतावास स्रोतले जनाएको छ।

उनले काठमाडौंमा रहँदा नेपाल-भारत परियोजना अनुगमन समितिको बैठकमा सहभागिता जनाउनेछन्।

बिहीबार हुने उक्त बैठकमा नेपालबाट परराष्ट्र, अर्थ, गृह, ऊर्जा र भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका सहसचिव पनि सहभागी हुनेछन्।


प्रतिक्रिया दिनुहोस्