ओलीलाई सम्पादकहरूको प्रश्न: कांग्रेस-एमाले गठबन्धन बन्न लागेको हो?

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ८ : ५५


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस-एमाले गठबन्धन नबन्ने बताएका छन्। मंगलबार सम्पादकहरूसँगको कुराकानीमा ओलीले मध्यावधि निर्वाचनका लागि एमाले कांग्रेससँग मिल्नै नपर्ने बताए।

कार्यक्रममा सम्पादकहरूले पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले बढाएको संवादको आसय कांग्रेस-एमाले गठबन्धन हुन लागेको हो रु भनेर सोधेका थिए।

जबाफमा ओलीले देशमा ताजा जनादेश आवश्यक भएको तर एमाले कांग्रेससँग मिल्नै नपर्ने बताए। ‘गठबन्धन छँदै छ। गठबन्धनले चुनाव गराए भयो। अढाइ महिनासम्म सरकार विस्तार हुँदैन। यसरी देशको अमूल्य समय बर्बाद बनाउनुहुँदैन। ताजा जनादेशमा जानुपर्छ’, उनले भने।

अध्यक्ष ओलीले सभामुखको भूमिका गठबन्धनको पक्ष र प्रतिपक्षी पार्टीको पक्षमा देखिएको बताए। निर्वाचन आयोग पनि दबाबमा परेको उनको भनाइ थियो।

पार्टी दुइटा पाइलटले नचलेको र असफल भएको भन्दै ओलीले अब चुनावमा बहुमत ल्याएर एकल पाइलटले चलाउने दाबी पनि गरे।

उनले आगामी महाधिवेशनबाट एमाले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुने घोषणा गरे। ‘सचेत समुदायले आफ्नो ठाउँमा संघर्ष गर्नुपर्छ। त्यसको प्रबन्धनका लागि अहिलेदेखि वैधानिक व्यवस्था गरेर जान्छौँ’, उनले भने।

 


प्रतिक्रिया दिनुहोस्