काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गरिएको छ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको टोलीले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझएको हो।
ज्ञापनपत्रमा जनतालाई चाडपर्वको बेलामा राहत दिने निर्णय गर्न, सार्वजनिक सवारी साधनमा अघिल्लो सरकारले बढाएको २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गरिएको छ।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री खाणले माग सम्बोधन गर्न पहल गर्ने प्रतिवद्धता जनाए।