लोसपा प्रदेश-२ को संसदीय दलको नेतामा सोनल चयन

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ३८


जनकपुरधाम। नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्।

पार्टीभित्र सर्वसम्मति नभएपछि भएको चुनावी प्रक्रियामा सोनल नौ मत ल्याई विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी उपेन्द्र महतोले छ मत मात्र प्राप्त गरे। सोनल लोसपा पार्टी अध्यक्ष महन्थ ठाकुर निकट मानिन्छन् भने महतो वरिष्ठ नेता राजेन्द्र महतोका भतिज हुन्। राजेन्द्र महतो निकट अधिकांश सांसदले जनता समाजवादी पार्टीलाई रोजेपछि उनको पार्टी कमजोर भएको छ।

यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ का दलका नेता पनि सोनल नै थिए।

दलको नेता छनोट गर्न अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झासहितका शीर्ष नेता जनकपुर आएका थिए। बैठकले संसदीय दलको विधान पारितसमेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्