नेपालमा लन्च भयो यमाहाको बीएस-६ भर्सनको ‘एमटी–१५’ बाइक, कति छ मूल्य?

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : २१


काठमाडौं । यामाहा मोटरसाइकलको बीएस-६ भर्सनको ‘एमटी–१५ बाइक’ नेपालमा लन्च गरिएको छ।

नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले भृकुटीमण्डपमा जारी यामाहा महा एक्सचेन्ज मेलामा सो बाइक सार्वजनिक गरेको हो।

यमाहाले सन् २००५ मा निर्माण सुरु गरेको एमटी श्रृंखला यमाहाको सिरिजको परिवारको सदस्य हो। एमटीको यो श्रृखला ‘डार्क साइड अफ जापान’को नामले पनि परिचित छ।

नेपालमा यो बाइकको मूल्य ४ लाख ४९ हजार ९ सय, ४ लाख ५४ हजार ९ सय र ४ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ। कलर अनुसार बाइकको मूल्यमा फरक देख्न सकिन्छ।

एमटी–१५ मा बीएस-६ मापदण्डयुक्त १५५ सीसी लिक्विडकुल्ड फोरस्ट्रोक एसओएचसी फोर भल्व इन्जिन हुनेछ, जसले १८.५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ।

पहिले बजारमा उपलब्ध बीएस४ इन्जिनयुक्त एमटी–१५ को तुलनामा यसमा मेकानिकल बाहेक अन्य कुनै फिचरमा परिमार्जन गरिएको छैन । यसको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक दिइएको छ। डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको यो मोटरसाइकलमा एलइडी हेडलाईट र एबीएसको विशेषता रहेको छ।

बाइक किन्ने ग्राहकलाई ज्याकेट र हेल्मेटलगायतका एसेसरिज समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

बाइकको लन्च कार्यक्रममा यामाहाका नेपाल सिइओ राजु क्षेत्रीले यो बाइक नेपाली युवापुस्तामाझ लोकप्रिय हुने दाबी गरे।

उनले भने- ‘यो बाइकको नेपाली युवापुस्तामा अत्यन्त माग थियो। सर्वाधिक प्रतिक्षा गरिएको बाइकलाई नेपालकै सब्से ठुलो एक्स्चेञ्ज कार्यक्रम यामाहा महा एक्स्चेञ्ज मेलामार्फत् बिक्रीको लागि प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्त गौरव महसुस भएको छ। युवाहरुले यामाहाको यो उत्पादनलाई रुचाएका छन् र हामी यो नयाँ अपग्रेडगरिएको एमटि बिएस ६ बाइक प्रस्तुत गर्न पाउँदा हर्षित भएका छौं।”

 


प्रतिक्रिया दिनुहोस्