नयाँ बानेश्वरमा सम्पादकसँग अन्तरक्रिया गर्दै ओली

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ५ : ०३


काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सञ्चार माध्यमका सम्पादकसँग अन्तरक्रिया गरिरहेका छन्।

नयाँबानेश्वरको अल्फाबिटामा उनले करिब ५० जना सम्पादकसँग अन्तरक्रिया गरिरहेका हुन्।

पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टी विभाजन, संसदको अवरोधलगायतका विषयमा उनले सम्पादकहरूसँग अन्तरक्रिया गरेका हुन्।

प्रधानमन्त्री रहँदा बालुवाटारमा दुई पटक सम्पादकसँग अन्तरक्रिया गरेका ओली सत्ताबाट बाहिरिएपछि पहिलो पटक अन्तरक्रिया गरेका हुन्।

खिमलला भट्टराई, प्रदीप ज्ञवाली, विष्णु पौडेल र योगेश भट्टराईलाई दायाँबायाँ राखेर ओलीले अन्तरक्रिया गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्