यी व्यक्तिलाई विवाहपछि मात्र थाहा भयो श्रीमती पोर्नस्टार रहिछन्…

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ५ : ००


बेलायतमा एक व्यक्तिले विवाहपछि मात्र आफ्नी श्रीमती पोर्नस्टार भएको थाहा पाएका छन्। डेली मेलका अनुसार २६ वर्षका जोशले पोर्नस्टार ३४ वर्षकी एमी क्रिस्टोफर्ससँग विवाह गरेका हुन्।

अमेरिकन टिभी सिरिज ‘म्यारीड एट फर्स्ट साइट’मा दुवैको भेटघाट भएपछि विवाह भउको थियो। तर विवाह हुन अगाडि नै एमी पोर्च चलचित्रका कारण चर्चित थिइन्।

एकैपटको भेटमा विवाह गरेपछि जोश यतिबेला चकित भएका छन्। एमीले ‘ब्रान्डी ब्रेवर’ नाम प्रयोग गरिन् र थुप्रै अश्लिल चलचित्रमा काम गरेकी छिन्।

एमीको पृष्ठभूमिबारे थाहा पाएपछि जोशका साथीले भनेका छन्,‘जोशलाई यसै हप्ता एमीको पृष्ठभूमिबारे थाहा भयो। पहिल्यै नै यसबारे जानकारी पाउन आफू चुकेको जोश बताउने गर्छन्।’

यस्तै एमीकी एक साथीले द सनसँगको कुराकानीमा भनिन्, ‘एमी एक पोर्नस्टार थिइन् र सधैं आफ्नो एक्स–रेटेड भूमिका सार्वजनिक भए, के होला भनेर सोच्थिन्। तर अब सबैकुरा विगत भइसकेको छ। आफ्नो विगतले उनलाई सधैं पोल्ने गर्दथ्यो।’

जुन कार्यक्रममा एमी र जोशेको उपस्थिति थियो त्यसमा जोडी सिधै विवाहको मण्डपमा भेट्छन्। उनीहरु पूर्ण रुपमा एकअर्कासँग अपरिचित हुन्छन्। अपरिचितको रुपमा नै विवाह गर्छन् र हनिमुनमा जान्छन्।


प्रतिक्रिया दिनुहोस्