ताप्लेजुङमा चिनियाँ सामग्रीको वर्चश्व तोडिँदै

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ४ : ४७


ताप्लेजुङ । तीन वर्ष अगाडि चीनको सीमावर्ती क्षेत्रमा नेपाली सामग्री पाउन मुस्किल हुन्थ्यो।

चीनका सामग्री मात्र पाइने यी क्षेमा हिजोआज चिनियाँ सामग्री पाउन छोडेको छ।

कोभिड—१९को कारणले दुई वर्षभन्दा वढी नाका बन्द भएसँगै चिनियाँ सामग्री आयत नहुँदा नेपाली बजारको भर पर्न थालेको हो।

ताप्लेजुङको उत्तरी क्षेत्र फक्ताङलुङ–७ गाउँपालिकाको ओलाङचुङगोला, याङमा, घुन्सा क्षेत्रहरूमा विगतदेखि नै चीनको बजारमा निर्भर हुर्दै आएको छ। तर, कोभिड-१९ का कारणले यी सीमाक्षेत्रका समुदायहरूले नेपाली बजारमा निर्भर हुँदै गएको छ।

चीन र नेपालको व्यापारिक केन्द्र ओलाङचुङगोला हो। दुई वर्ष अगाडि चीनका खाद्य तथा लताकपडा लगायतका आवश्यक सामग्री प्रत्येक पसलहरूमा पाइन्थ्यो। तर, अहिले ओलाचुङगोलामा रहेका पसलहरूमा चीनको आवश्यक सामग्री पाइँदैन।

कोभिडको कारणले ओलाङचुङगोला क्षेत्रका टिप्ताला नाका बन्द भएको तीन वर्ष हुन लाग्यो। नाका बन्द हुँदा चीनबाट सामग्री निर्यायतमा रोक्का भएपछि नेपाली बजामा निर्भर हुन बाध्य भएको ओलाङचुङगोलाका स्थानीय व्यापारी वङग्या शेर्पाले बताए। ‘मेरो पसलमा चीनको सामग्री मात्र हुन्थ्यो। तर, अहिले चीनको सामग्री केही पनि छैन’, उनले भने।

शेर्पाको मात्र होइन ओलाङचुङकामा तामाङ समुदायको ५३ घर परिवार बसोवास गर्दै आएका छन्। १० घर याङमा गाउँमा बसोवास गर्दै आएका छन्। यी प्रत्येक घरमा चीनका खाद्य सामग्रीदेखि अन्य आवश्यक सामग्री पाइन्थ्यो।

तर, अहिले सबैको घरमा चिनीयाँ सामग्री नभएको स्थानीय नुपु शेर्पाले बताए। चीनको व्यापारिक केन्द्र भएकाले ओलाचुङगोलामा चीनका सामग्रीको बजार विगतमा राम्रो खपत हुन्थ्यो।

गोला हुँदै ताप्लेजुङका विभिन्न क्षेत्रमा चीनको सामग्री पुग्थ्यो। व्यापारीहरू चीनको सामग्रीका लागि गोला पुगेर सामान लिएर जाने गरेको शेर्पाले बताए।

कोभिडका कारणले नाका बन्द भएपछि चीनको सामग्री आयात हुन नसक्दा चिनियाँ सामग्री अभाव हुँदै आएको स्थानीयहरूको भनाइ छ। ओलाङचुगोलामा विकास निर्माणका लागि तल्लो क्षेत्रका समुदायहरूले पनि पहिलो रोजाइमा पर्ने चीनका सामग्री नै रहेको फक्ताङलुङ गाउँपालिका-६ फेम्बुका विर्ख लिम्बूले बताए। ‘हामी दुई महिना कामको लागि ओलामा बस्यौँ।

चीनका खाद्य सामग्री खोज गर्दा पनि पाएनौँ’, उनले भने। नेपाली बजारमा पाइने सामग्रीभन्दा चीनको कम मूल्यमा राम्रो सामग्रीहरू पाइने उनी बताउँछन्।

नाका बन्द भएपछि चीनदेखि आवश्याक सामग्री आयत नहुँदा सीमाक्षेत्रका समुदाहरूलाई समस्या हुँदै आएको याङमा गाउँका स्थानीय ठावा शेर्पाले बताए। नेपाली खाद्य सामग्री हिमाली क्षेत्रमा पु¥याउन खरिद मूल्यभन्दा तीन गुणा बढी ढवानी खर्च लाग्ने शेर्पाले बताए।

चीनबाट टिप्ताला नाका हुर्दै आलाङचुङगोलामा सामग्री ल्याउँदा खासै ढुवानीमा खर्च नहुने शेर्पाले बताए। याङमादेखि पनि चीनको रिउ बजार आवतजावत गर्ने नाका रहेको याङमाका स्थानीय टासी फिम्जो शेर्पाले बताए। तर, यो नाका पनि दुई वर्षदेखि बन्द भएको याङमाका स्थानीहरूले बताए।

कोभिड—१९का कारणले चीनतर्फको नाकाहरू बन्द हुँदा सीमा क्षेत्रका समुदायहरूले नेपाली बजारमा निर्भर हुन थालेको याङमाका स्थानीहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्