कोरोना संक्रमणबाट १२ जनाको मृत्यु, ११५८ संक्रमित थपिए

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ४ : ४१


काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार एक सय ५८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मंगलबार १४ हजार तीनजनामा कोरोना परीक्षण गर्दा एक हजार एक सय ५८ जनामा संक्रमण पाइएको हो। आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १८ हजार चार सय २२ छ।

पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला २० वटा छन्।

पछिल्लो २४ घन्टामा एक हजार तीन सय १८ जनाले संक्रमण जितेका छन्। यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ६३ हजार सात सय ३४ रहेको छ।

नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ। यस्तै, संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ।

अहिलेसम्म संक्रमणबाट ११ हजार एक सय १५ जनाको निधन भइसकेको छ।

हाल देशभर ३६४ जना सघन उपचार कक्ष (आइसीयू), एक सय २० जना भेन्टिलेटर, १७ हजार एक सय २५ जना होम आइसोलेसन, एक हजार दुई सय ९७ जना संस्थागत आइसोलेसन र तीन सय २८ जना क्वारेन्टिनमा छन्।


प्रतिक्रिया दिनुहोस्