मैदान फर्किए विमल घर्तीमगर

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ४ : १३


काठमाडौं । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्रममा घुँडाको चोट बोकी कतार अस्पेटारमा उपचार गरेका विमल घर्तीमगर मैदान फर्किएका छन्। यसै हप्ता नेपाल फर्किएका विमल उमेर समूहको प्रशिक्षणमा फर्किएका हुन्। विमलले मंगलबारबाट प्रशिक्षण थालेका छन्।

नेपाल यु-२३ टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विमल व्यक्तिगत प्रशिक्षणमा फर्किएको न्युज कारखानालाई बताए।

‘उ टोलीमा समावेश छैन। व्यक्तिगत प्रशिक्षणको लागि आएको हो,’ हाल एएफसी छनोटको लागि नेपाली टोली हेरिरहेका महर्जनले भने।

यसअघि विमलले पुस पहिलो साता राष्ट्रिय टोलीको प्रशिक्षण क्रममा एन्टोरियल क्रुसियल लिगामेन्ट (एसिएल) को चोट बोकेपछि मैदान बाहिर रहँदै आएका थिए।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले कतार फुटबल संघसँग सहकार्य गर्दै विमलको अस्पेटार अस्पतालमा शल्यक्रिया गरेको थियो।

कतारमै शल्यक्रियापछि रिह्याबमा रहेका विमल यसै साता नेपाल फर्किएका हुन्। विमलले सोमबारबाट व्यक्तिगत प्रशिक्षण सुरु गरेको  बताए।

प्रशिक्षक महर्जनले टिम डाक्टर र फिजियो निर्देशनअनुसार विमलले टोलीसँगै प्रशिक्षण गरिरहेको तर टोलीमा भने नरहने बताए।

‘फिजियो डक्टरको निर्देशनअनुसार प्रशिक्षण गरेको छ। हामीले सहयोग गरेका हौं। फिजिकल कन्ट्याक अनुसार एक्ससाइज गरेको छ। टिममा आउने अवस्था छैन,’ एन्फा एकेडेमीमा विमललाई प्रशिक्षण दिएका बालगोपालले भने।


प्रतिक्रिया दिनुहोस्