रिज लाइन इनर्जीले झण्डै २१ करोड बराबरको आईपीओ निष्काशन गर्ने

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ४ : ०३


काठमाडौं । रिज लाइन इनर्जीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार को ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो।

कम्पनीले सेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। उक्त नियुक्ति सम्बन्धी सम्झौता मंगलबार सम्पन्न गरेको हो।

सम्झौतामा रिज लाइन इनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्