अर्बपति इलोन मस्क र गायिका ग्राइम्सबीचको प्रेम सम्बन्ध टुटेको छ। पेज सिक्सलाई दिएको अन्तर्वार्तामा मस्कले आफू र ग्राइम्स अर्ध रुपमा छिट्टिएको बताए।
यद्यपी उनले छोराको पालनपोषण मिलेर गर्ने बताएका छन्। मस्क टेस्ला र स्पेस एक्स कम्पनीका मालिक हुन्। अर्बपति उनी चन्द्रमामा पर्यटन विस्तार गर्न चाहन्छन्। उनले मंगल ग्रहमा मानवलाई पुर्याएर छाड्ने अठोट लिएका छन्।
उता उनकी प्रेमिका ग्राइम्स भने व्यस्त गायिका, एकअर्कालाई समय दिन नसक्दा उनीहरु छुट्टिन परेको हो। उनले ग्राइम्ससँग आधा छुट्टिसको बताउँदै आफूबीचको प्रेम भने कायम रहने बताए। मस्कका अनुसार उनी र ग्राइम्स एकै घरमा छन् तर उनीहरु छुट्टाछुट्टै कोठामा बस्छन्।
मस्क र ग्रिम्सबीच सन् २०१८ बाट प्रेम सम्बन्ध सुरुवात भएको थियो। सन् २०२० को मे महिनामा उनीहरुको छोरा जन्मिएको थियो।