वर्षाका कारण काठमाडौं र पोखराको खेल पुनः रद्ध

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ३ : ४४


काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि ट्वान्टी अन्तर्गत चौथो दिनको खेल समेत वर्षाले रद्ध भएको छ।

मंगलबार तय भएको काठमाडौं किङ्स इलेभन र पोखरा राईनोजबीचको खेल वर्षाका कारण रद्ध भएको हो। खेलमा टससमेत हुन पाएन।

विगत तीन दिनदेखि परेको पानीको कारण मैदान ओसिलो हुन पुग्दा ईपीएलको चौथो दिनको खेलसमेत हुन नसकेको हो।

खेल पुनः खेलाइने वा नखेलाइने निर्णय भएको छैन।

यसअघि सोमबारको दुबै खेल बर्षाको कारण रद्ध भएका थिए।

ती खेलहरु अर्को दिन खेलाइने भएको छ।


प्रतिक्रिया दिनुहोस्