चीनमा पानी जहाज दुर्घटना हुँदा १२ काे मृत्यु, कयौँ बेपत्ता

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ३ : ४४


चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

अत्यधिक भारी वर्षाका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ। दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए।

घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ।

खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ। रासस/एएनआई


प्रतिक्रिया दिनुहोस्