प्रतिक्षालयमा बसेका आमाछोरालाई ट्रकले ठक्कर दिँदा मृत्यु

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ३ : ३६


बुटवल । रुपन्देहीको सैनामैनामा प्रतिक्षालयमा गाडी कुरेर बसेका आमाछोरालाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको छ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुद्धनगरमा ना८ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

मृत्यु हुनेमा सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र उनका २२ वर्षीय छोरा महेश भट्टराई छन्।

उपचारको क्रममा उनीहरूको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बुद्धनगरको प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ। ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्