नेप्सेमा आज पनि ७० अंकको पहिरो, लगानीकर्तामा ‘बियरिस सेन्टिमेन्ट’ हाबी

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ३ : १०


काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार सेयर बजारमा पहिरो गएको छ। आज नेप्से परिसूचक ७०.०५ अंकले घटेर २६१५.४० विन्दुमा पुगेर कारोबार बन्द भएको हो।

आज २१८ कम्पनीकोे एक करोड तीन लाख ३४ हजार ८२८ कित्ता सेयर कारोबार हुँदा कुल पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार १८९ रुपैयाँको सेयर कारोबार भएको छ। आज सबै समूह राताम्मे भएका छन्।

आज सबैभन्दा धेरै ओरालो लाग्ने उपसमूहको सूचकमा फाइनान्स रहेको छ। फाइनान्स उपसमूहको सूचकमा सात प्रतिशतको गिरावट आएको छ। त्यस्तै, हाइड्रोपावर र लगानी समूहको उपसूचकमा ४ प्रतिशतको गिरावट आएको छ। बाँकी सबै समूहको उपसूचक एकदेखि तीन प्रतिशतसम्मले ओरालो लागेका छन्।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा कुमारी बैंक रहेको छ। बैंकको आज १८ करोड ८२ लाख २७ हजार २९६ दशमलव ८० रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता रहेका छन्।

लघुवित्त १५९ दशमलव ३० अंकले फाइदामा गएको छ। आजका लागि यसको सेयर मूल्य प्रतिकित्ता एक हजार ७५३ रुपैयाँ कायम भएको छ।

त्यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा नेपाल हाइड्रो डेभलपरका लगानीकर्ता रहेका छन्। कम्पनी –५१ अंकले घाटामा गएको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५९ रुपैयाँ कायम छ।

यी हुन सबैभन्दा धेरै गुमाउने २० कम्पनी

 


प्रतिक्रिया दिनुहोस्