भारतले सोमबार साँझ ‘आकाश प्राइम’ नाम दिइएको क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ। भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओका अनुसार नयाँ क्षेप्यास्त्रको पहिलो परीक्षण सफल भएको हो।
ओडिशाको चान्दीपुरबाट क्षेप्यास्त्रको परीक्षण गरिएको पीटीआईले जनाएको छ। आकाश प्राइमले पहिलो परीक्षणमै एरियल तार्गेट अर्थात हावामा उडाइएको मानवरहित बस्तुलाई ध्वस्त बनाउन सफल भएको छ।
क्षेप्यास्त्रको सफल परीक्षणसँगै भारतका रक्षामन्त्री राजनाथ सिंहले डीआरडीलाई क्षेप्यास्त्र विकास गर्न सकेकोमा शुभकामना दिएका छन्। चीनसँग सीमा विवाद जारी रहेको समयमा भारतले क्षेप्यास्त्र परीक्षण गरेको हो।
(भिडिओ)
DRDO today conducts Successful Maiden Flight Test of Akash Prime Missile from Integrated Test Range (ITR), Chandipur, Odisha. pic.twitter.com/QlvMHtTWVj
— DRDO (@DRDO_India) September 27, 2021