मेयरलाई मुक्का हान्ने एमाले कार्यकर्ता ५ हजार धरौटीमा रिहा

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  २ : ५२


काठमाडौं । बुटवलमा आफ्नै पार्टीका मेयरलाई मुक्का हान्ने एमाले कार्यकर्ता रिहा भएका छन।

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवा गणेश पङ्गेनी ५ हजार धरौटीमा रिहा भएका हुन।

सोमबार साँझ पङगेनीलाई ५ हजार धरौटीमा छाडिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले बताए।

पङ्गेनीले भदौ ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकनका गर्न गएको बेला मेयर सुवेदी माथि दुर्व्यहार गरेका थिए।

प्रहरीले उनलाई सोहि दिन साँझ पक्राउ गरी सार्वजनिक मुद्दा अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरेको थियो।

मेयर सुवेदीलाई दुर्व्यहार गर्ने पङ्गेनी बुटवलको ज्योतिनगरका पहिरो पीडीत हुन्।


प्रतिक्रिया दिनुहोस्