इपिएल क्रिकेट : वर्षाका कारण रोकिएका दुबै खेल फेरि खेलाइने

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  २ : ४२


काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) को तेस्रो दिन वर्षाका कारण रद्द भएका दुबै खेल पुनः खेलाइने भएको छ । आयोजकले दुबै टोली र प्राविधिक टोलीसँग वार्ता गर्दै दुबै खेल पुनः खेलाउने निर्णय लिएको हो ।

यसअघि सोमबार तय भएको काठमाडौं किङ्स इलेभन र विराटनगर वारियर्स तथा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्सबीचको खेल रद्द भएको थियो । काठमाडौं र विराटनगरबीचको खेल टस नै नभई रद्द भएको थियो भने चितवन र भैरहवाबीचको खेल टस समयमा वर्षा भएपछि रद्द गरिएको थियो ।

नयाँ खेल तालिका अनुसार आयोजकले दिवा खेलमा भएको दुई दिनलाई मिलाएर बिहानी दुई खेल थप गरेको हो । अब काठमाडौं र विराटनगरबीचको खेल शुक्रबार बिहान साढे ९ बजे हुनेछ भने चितवन र भैरहवाबीचको खेल शनिबार सोही समयमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्