कल्पनाको लागि न्याय माग्दै विद्यार्थीहरूको प्रदर्शन

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  २ : ३०


कैलाली । धनगढीको नवजिवन अस्पतालमा मृत्यु भएकी कल्पना सिंह मल्लका लागि न्यायको माग गर्दै विद्यार्थीहरूले प्रर्दशन गरेका छन्।

डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो।

सुत्केरी व्यथा सुरु भएपछि उनलाई शनिबार बिहान १० बजे अस्पताल पुर्‍याइएको थियो।

दिनभर सुत्केरी हुन संघर्ष गरेकी उनको गर्भमा रहेको शिशुलाई राति ११ बजेर ४४ मिनेटमा निकालिएको थियो। राति भ्याकुम प्रयोग गरेर उनको गर्भमा रहेको शिशु निकालिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको थियो।

तर आफन्तले भने आफूहरुलाई जानकारी नदिएर भ्याकुम प्रयोग गरेको बताइरहेका छन्।

सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)का विद्यार्थीहरूले आज मुख्यमन्त्री कार्यालयअगाडि प्रर्दशन गरेका हुन्।

उनीहरूले नवजिवन अस्पताल तथा डाक्टरहरूको लापरबाहीले मल्लको ज्यान गएको भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।


प्रतिक्रिया दिनुहोस्