उत्तर कोरियाले फेरि हान्यो जापानको समुद्रमा क्षेप्यास्त्र

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ११ : ४३


उत्तर कोरियाले फेरि जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरियाली सेनाले मंगलबार बिहानै उत्तर कोरियाले जापानी समुद्रमा क्षेप्यास्त्र हानेको बताएको हो।

इस्ट सी नामको समुद्रमा क्षेप्यास्त्र हानिएको हो। उत्तर कोरियाले आफू दक्षिण कोरियासँग शान्तिवार्ता गर्न इच्छुक भएको बताएको दुई दिनपछि क्षेप्यास्त्र परीक्षण गरेको हो।

दक्षिण कोरियाले यसै महिनाको सुरुवातमा पनि उत्तरले नयाँ क्रुज क्षेप्यास्त्र र ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताएको थियो। जापानी संचार माध्यमले आज भएको क्षेप्यास्त्र परीक्षणमा ब्यालेस्टिक मिसाइल प्रयोग भएको हुनसक्ने अनुमान गरेको छ।

ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण संयुक्त राष्ट्रसंघको नियम विपरित हुन जान्छ। दक्षिण कोरियाका सेना प्रमुख र अमेरिकी अधिकारीहरुले आफूहरुले उत्तर कोरियाको गतिविधि नियाली रहेको जानकारी दिएका छन्। बीबीसी

यो पनिः दक्षिण कोरियालाई उत्तरको जवाफः कोरियाली युद्ध अन्त्यको घोषणा गर्नु छिटो हुनेछ


प्रतिक्रिया दिनुहोस्