न्युयोर्क । उत्तर कोरियाले आणविक रूपमा शक्तिशाली मुलुकको हतियार परीक्षण गर्न पाउने अधिकारलाई अन्य देशले अस्वीकार गर्न नमिल्ने बताएको छ । राष्ट्रसंघको ७६औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघका लागि उत्तर कोरियाली दूतले सो धारणा राखेका हुन् ।
‘उत्तर कोरियाको सुरक्षाा र शान्तिका लागि हामीले राष्ट्रिय सुरक्षा मजबुत बनाएका छौँ । आणविक रूपमा शक्तिशाली देशको हतियार परीक्षण गर्न पाउने अधिकारलाई कसैले पनि नर्कान सक्दैन,’ उनले भने ।
दक्षिण कोरियाले सम्बोधन गरेको केही समयपछि उत्तरले राष्ट्रसंघमा सम्बोधन गरेको थियो । आफ्नो सम्बोधनमा दक्षिण कोरियाका प्रतिनिधिले उत्तरले हालै पूर्वी तटमा उत्तरले प्रोजेक्टाइल प्रहार गरेको बताएका थिए ।