धन सेतो होस् कि कालो लगानी गरेर मान्छेलाई रोजगारी दिऔंः बाबुराम

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ५१


काठमाडौं । सत्ताधारी गठबन्धनका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई कालोधनलाई बैधानिकता दिने पक्षमा देखिएका छन।

कालोधन तथा भ्रष्टाचार वा कसुरजन्य कार्यबाट प्राप्त आम्दानीको लगानीमा छुट दिने कि नदिने भन्नेबारे पछिल्लो समय बहस भइरहँदा डा.भट्टराई भने कालोधनलाई मान्यता दिनुपर्ने पक्षमा देखिएका हुन।

भट्टराईले अबैध धन कालो राखेर कालै काम गरिने प्रवृति रहेको समेत बताए।

उनले भने, ‘यहाँ त अबैध धन कालो राखेर कालै काम गरिने प्रवृति छ। केपी ओली जीले जुन महारस्थी गर्नुभयो । यति, ओम्नीदेखि दशै प्रकरणहरु गरेर कालो धनलाई झन कालो बनाउनुभयो । कम्तिमा यो सरकारले कालो धनलाई बाहिर ल्याएर राष्ट्रिय उत्पादनमा प्रयोग गर भनेको छ। कालो सेतो जे सुकै भएपनि उत्पादनमुलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गरेर विकास गर भन्नु त सहि छ नि उहाँहरुले चाहिँ कालोलाई कालै राखेर कमिसन खाउ भनिराख्नुभएको छ। यो त उल्टो बाटो भएको प्रस्टै छ नि।’


प्रतिक्रिया दिनुहोस्