स्कुटीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ३४


उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ त्रिवेणी चोकमा स्कुटीको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ।

ज्यान जानेमा बेलका नगरपालिका-३ त्रिवेणी चोकका ७० वर्षीय हिरण्यबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

उत्तरबाट दक्षिणतर्फ गइरहेको बा६६प ६०५३ नम्बरको स्कुटीको ठक्करबाट घाइते वृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको हो।

प्रहरीले स्कुटी र चालक सोही स्थानका २६ वर्षीय एकराज बिकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ।

-फाइल फोटो


प्रतिक्रिया दिनुहोस्