लियोनल मेस्सीले लिग वानको लगातार दुईवटा खेल गुमाए। लियोनविरुद्धको खेलमा खेलको ७५ औं मिनेटमा सब्स्टिट्युट भएपछि उनी प्रशिक्षकसँग रिसाएका थिए।
तर घुँडामा चोट भएका कारण मेस्सीलाई थप घाइते नुहन् भनेर प्रतिस्थापन गरिएको साथै पछिल्लो दुई खेलमा उपस्थित नगराइएको प्रशिक्षक माउरिसियो पोचिटिनो बताउँछन्।
मंगलबार राति पीएसजीले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग भिड्दैछ। मेस्सी आफू सो खेलमा उपस्थित हुनेमा निर्धक्क छन्। जसका कारण उनी दैनिक प्रशिक्षणमा देखिएका छन्।
प्रशिक्षक पोचिटिनोले पनि महत्वपूर्ण खेलमा लागि मेस्सीलाई आरामको जरुरी भएको बताउने गरेका छन्। सिटीविरुद्धको खेलमा पोचिटिनोले मेस्सीलाई खेलाउने वा नखेलाउने विषयमा केही खुलाएका छैनन्।
यद्यपी दुई खेलमा आराम पाइसकेका मेस्सीलाई सिटीसँग हुने प्रतिस्पर्धात्मक खेलमा उपस्थित गराइने अपेक्षा गरिएको छ।