काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुर्घटनाबाट जोगिएको बुद्ध एयरको विमानका क्याप्टेन सहितको टोलीलाई हृदयदेखि सम्मान व्यक्त गरेको बताएका छन।
सोमबार विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि अवतरण हुन नसक्दा काठमाडौं फर्काइएको थियो।
दुर्घटनाबाट बचेको सो विमान नर्मल रुपमा नै काठमाडौंमा अवतरण भएको बुद्ध एयरले जनाएको छ।
दुघर्टना टरेपछि सो जहाजका क्याप्टेन लगायत टिमको प्रशंसा भइरहेको छ। सत्ताधारी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि सामाजिक सञ्जाल मार्फत क्याप्टेन शर्मा सहित टिमलाई हृदयदेखि प्रंशसा भनेका छन।
दुर्घटनाको खबर आउँछ, मर्माहत बन्छौं, दोषी खोज्छौं, बिर्षन्छौं l संयम र साहससाथ दुर्घटना टारेर यात्रुको जीवन जोगाउनेलाई भने बिर्षनु हुन्न l नेपाली आकाशमा आज ठुलो दुर्घटना टार्ने वरिष्ठ क्याप्टेन आङगेलु शेर्पा र टिमलाई हृदयदेखि सम्मान !
टिमको संयम र साहसलाई हृदयको विभुषण !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) September 27, 2021