छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु, एकको शव फेला

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ०९


ताप्लेजुङ । ताप्लेजुङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ट्याक्टरको ठक्करबाट पैदलयात्री सिरिजङ्घा गाउँपालिका-४ तेल्लोकका इन्द्र भट्टराई र सोही गाउँपालिका( २ आम्बेगुदिनका चन्द्र परा लिम्बूको मृत्यु भएको छ।

तेल्लोकको पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१त ६३९९० नम्बरको ट्यायाक्टरले आइबार राति ठक्कर दिँदा स्थानीय ४५ वर्षीय भट्टराईको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै, आम्बेगुदिन हप्पुखोलाका २४ वर्षीय लिम्बूको आफ्नै घरको बार्दलीबाट लडेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान शौच गर्न निस्कने क्रममा बार्दलीबाट लडेर लिम्बूको पनि घटनास्थलमै मृत्यु भएको हो।

यता, मेरिङ्देन गाउँपालिका( २ सान्थाक्राका ५१ वर्षीय टेकबहादुर लिम्बूको शव मैवाखोलाको बगरमा फेला परेको छ।

आइतबार दिउँसो मेरिङ्देन र मैवाखोला गाउँपालिकाको सिमाना भई बग्ने मैवाखोला किनारमा बेबारिसे अवस्थामा भेटिएको शव पछि सान्थाक्राको लिम्बूको रहेको पुष्टि भएको थियो।

उक्त छुट्टाछुट्टै घटनाका तीनवटै शवको सोमबार पोस्टमार्टम गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राकेश यादवले जानकारी दिए। न्युजकारखाना


प्रतिक्रिया दिनुहोस्