एमालेको विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको छ। ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १५–१७ असोजमा हुने विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको प्रचारप्रसार समितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिए।
महाधिवेशनमा करिब पाँच हजार सहभागी हुनेछन्। उनीहरूलाई सम्मेलन केन्द्रभित्र र बाहिर राख्ने व्यवस्था मिलाइएको भट्टराईले जानकारी दिए।
करिब पाँच हजार व्यक्ति विधान महाधिवेशनमा सहभागी हुनेछन्’, उनले भने, ‘तर, सम्मेलन केन्द्रको हलमा दुई हजार आठ सय ४० जनामात्रै अट्नेछन्। बाँकीलाई बाहिर व्यवस्था गरिएको छ।’
हल बाहिर स्क्रिन राखेर महाधिवेशन आयोजना गरिने भट्टराईले जानकारी दिए। ‘हलभित्र दुई हजार आठ सय ४० जना रहन्छन्’, उनले भने, ‘हल बाहिर स्क्रिन राखेर दुई साइडमा एक एक हजार राख्ने व्यवस्था मिलाइएको छ।
महाधिवेशनस्थल सम्मेलन केन्द्रलाई सिंगारिएको छ। विनोद श्रेष्ठको नेतृत्वको टोली मञ्च व्यवस्थापनमा खटिएको छ।
महाधिवेशनमा करिब तीन सय स्वयंसेवक खटिने प्रचारप्रसार संयोजक भट्टराईले जानकारी दिए।